नेपालको बढी रेमिटान्स भित्रीने बागलुङ जिल्ला बाट वैदेशिक रोजगारको लागि झण्डै १ लाख जना विदेशीएका छन् । देशमा रोजगार नभएको भन्दै जिल्ला बाट हरेक बर्ष ५ हजार भन्दा बढी जनशक्ति विदेशीने गरेको सरकारी तथ्यांकले देखाएको छ ।
बागलुङ जिल्लामा सुरक्षित आप्रवासन कार्यक्रम लागू भएपछि वैदेशिक रोजगारको नाममा ठगिएका दर्जनौं युवाको १ करोड भन्दा रकम फिर्ता गराउन सफल भएको छ ।सुरक्षित आप्रबासन परियोजना (सामी ) आप्रवासी श्रोत केन्द्र बागलुङले पत्रकार अन्तर्क्रिरया गरि वैदेशिक रोजगारका सकारात्मक पक्ष र यसले निम्त्याएको नकारात्मक पक्षबारे सुक्ष्म रूपमा काम गरिरहेको जनाकारी गराएको थियो ।
बैदेशीक रोजगारमा जाने युवालाई राहदानी लिनु भन्दापहिला बिदेशमा जादा अपनाउनु पर्ने कुरा सिकाएर मात्र जानको लागि सल्लाह सुझाव परामर्श दिने काम गरिरहेको सामी परियोजनाले जनाएको छ । ५ पटक सम्म आत्महत्या गर्न कोशिस गर्ने एकजना महिलालाई मनो–परामर्श दिएर बचाउने काम समेत गरेको परियोजनाका मीन प्रसाद उपाध्यायले बताएका छन् ।
बैदेशिक रोजगारीका लागी गएका बागलुङका युबाहरुको बिभिन्न कारण मृत्यु भई शव नेपाल ल्याउन नसकेका अवश्थामा आफुहरुले शव बागलुङ ल्याउन भूमिका खेलेको उनको भनाई छ । जिल्ला बाट वैदेशिक रोजगारमा ५ हजार भन्दा बढी जना जाने जिल्लामा सुरक्षित आप्रबाशन परियोजना लागू भएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत राहदानी बनाउने चरण मै वैदेशिक रोजगारले घर घरमा रेमिट्यान्स भित्रीने क्रम बढेर गए संगै यसले गाउँ घर बाट आन्तरिक बसाइँसराइ बढाउनुका साथै पारिवारिक समस्या गाउँका जग्गा बाँझो रहने समस्या भने बढेर गएको बैदेशिक रोजगार बोर्ड कार्यक्रम अधिकृत शिव रेग्मीले बताए ।
कम्पनीले काम नदिएको खान बस्न नदिएको करार सम्झौता भन्दा तलब कम दिने काम गरेको अबधिको तलब नपाएको स्वदेश फर्कन नपाएका लाई समेत यसले सहजीकरण गर्दै आएको छ । परियोजनाले बित्तिय साक्षरता कार्यक्रम संचालन गरेपछि बैदेशिक रोजगारबाट पठाएको पैसाबाट गाउँमै राम्रो कामको थालनी गरेका बिवाईसीका अध्यक्ष मणिभद्र शर्माले बताए ।
नेपाल सरकार र स्विस सरकार बिच भएको दिपक्षिय सम्झौता र सामी÷ हेल्भिटास नेपालको प्राविधिक सहयोग तथा स्थानिय पालिकाको संचालन तथा बिवाईसीको ब्यवस्थापनमा जिल्लाको ४ वटा पालिकामा परियोजना लागू भई सामी परियोजना संचालन भइरहेको छ ।
स्थानीय तहको बजेट निश्चित शिर्षकमा सम्बन्धित तह बाटै हुदै आएको छ । बागलुङ जिल्लाका १० वटा स्थानीय तह मध्य बागलुङ नगरपालिका काँठेखोला गाउँ पालिका ,गलकोट नगरपालिका ,र जैमुनी नगरपालिकामा २०७६ मंसिर देखि देखि सामी परियोजना लागू भइ २५ जना जनशक्तिले काम गरिरहेका छन् ।



















































































































































































































