३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

बागलुङको बरेङ गाउँपालिका–१ मा भएको मोटरसाइकल दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यामिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते भएका छन् ।

घाइते पौडेलको बायाँ हातको बूढी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुन सक्ने भन्दै काठमाडौं ल्याइएको हो ।उनलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्