३ जेष्ठ २०८१, बिहीबार

 

विवाहमा प्रहरी पुगेपछि भागाभाग, समातिए बेहुलाका बाबु

निषेधाज्ञाको समयमा मापदण्ड उल्लघंन गरेको आरोपमा बेहुलाको बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मापदण्ड विपरित रिर्जभ गरिएका तीन सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागलुङको काठेखोला गाउँपालिका– १ खहरेबाट बागलुङ नगरपालिका – ८ सिगाना जान हिँडेको विवाहको २ वटा बस र एक जीप प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले बताए ।

कोरोना संक्रमणको बेला मापदण्ड उल्लंघन गर्ने र निषेधाज्ञा अटेर गरेपछि नियन्त्रणमा लिनु परेको उनले जानकारी दिए ।

बुधबार बिहान खहरेबाट २ बस र २ वटा जिप रिर्जभ गरेर जन्ती हिडेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण प्रयास गरेको थियो । प्रहरी गएको थाहा पाएपछि बस रोकेर जन्ती हिँडेर गएको अवस्थामा बस भेटिएका थिए । बेहुलाका लागि एउटा जीप छाडेर अरु सवारी नियन्त्रणमा लिएको हो । बेहुलाका बाबु लालबहादुर केसीलाई प्रहरीको नियन्त्रणमा छन् ।

२५ जनाभन्दा बढी मानिस जम्मा हुनै नपाउने प्रावधानमाथि निषेधाज्ञा लागेको स्थानमा आदेश उल्लंघन भएकोले नियन्त्रण गर्नुपरेको प्रहरीको भनाई छ ।

सरकारले पछिल्लो चरणमा बिबाहमा पाँच देखि सातजना मात्रै उपस्थिति भएर विवाह गर्न निर्देशन गरेको छ ।

जन्ती जाँदा भीडभाड भएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई उनीहरुले विवाह गरेको प्रहरीको आरोप छ । प्रहरी निरिक्षक श्रीराम भट्टको नेतृत्वमा दुलही पक्षको घर सिगानामा प्रहरी पठाइएको थियो । प्रहरी पुगेपछि सबै भागाभाग भएका थिए ।

प्रहरीका अनुसार बिबाहमा केटा पक्षले तीन बस र तीन जीपमा झण्डै २ सय जन्ती लगेका थिए । भागेपछि थोरै मानिस मात्रै देखेर प्रहरी फर्केको थियो । बेहुलाका बाबु लालबहादुर केसीलाई सय रुपैयाँ जरिवाना गरि छोडिएको जिल्ला प्रशासनख कार्यालयका सूचना अधिकारी गणेश गौतमले नयाँ विश्वलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्