जिल्ला प्रशासन कार्यालय बागलुङले वैशाख २४ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लगाउने भएको छ । जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले २४ गते बिहान ५ बजेदेखि वैशाख ३१ गते रातिको १२ बजेसम्म जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार अत्यावश्यक काममा बाहेक घर बाहिर ननस्किने , हिड्डुल नगर्ने, सरकारी कामकाजमा प्रयोग हुने सवारी, दमकल, एम्बुलेन्स बाहेकका सवारी साधन बन्द हुनेछन् ।
थप अादेश हेर्न सूचना पढ्नुहाेला














































































































































































































