८ जेष्ठ २०८१, मंगलवार

 

‘कौन बनेगा करोडपति’ मा फर्किए अमिताभ

बलिउड अभिनेताले अमिताभ बच्चन फेरि ‘कौन बनेगा करोडपति’मा देखिने भएका छन् । यो खबरले उनका फ्यानहरूमा खुसी छाएको छ ।
उनले करिब चार महिनाअघि केबीसीबाट विश्राम लिने बताएपछि फ्यानहरू निराश थिए । बलिउड हंगामाका अनुसार अमिताभ उक्त टेलिभिजन शोको नयाँ सत्रमा फर्कने तयारी पूरा भएको छ।

सोनी टेलिभिजनको आधिकारिक सामाजिक सञ्जालबाट अमिताभले आफ्ना सहकर्मीहरूका साथमा केबीसीको दर्ता आगामी मे १० देखि सुरु हुने बताउँदै भिडियो सार्वजनिक गरेका छन् ।

उनले आफ्नो ब्लगमार्फत समेत यस विषयमा जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘म थकित छु र रिटायर्ड पनि। क्षमा गर्नुस्। केबीसीको यो अन्तिम छायांकन निकै लामो रह्यो। भोलि जे पनि हुन सक्छ।

तर याद राख्नुस् काम भनेको काम नै हुन्छ। आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ।’हाजिरीजवाफ शैलीको कार्यक्रम ‘कौन बनेगा करोडपति’ आम भारतीयमाझ लोकप्रिय कार्यक्रम हो। जसलाई लाखौं भारतीय प्रतीक्षा गरेर बस्छन् ।

बलिउड अभिनेता अमिताभले सञ्चालन गर्नु कार्यक्रमको लोकप्रियताको अर्को मुख्य कारण हो। गत वर्ष कोरोना महामारी संकटका बीच सावधानी अपनाएर केबीसीको छायांकन भएको थियो।

कोरोना संक्रमणबाट तंग्रिएपछि प्रस्तोता अमिताभ पनि छायांकनमा फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्