३ जेष्ठ २०८१, बिहीबार

 

‘कोरोनाविरुद्धको खोप खरिदमा भ्रष्टाचार भयाे भन्दै हिलो छ्याप्ने काम भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार क्षम्य नहुने बताएका छन्। उनले खोप खरिदमा अनियमितता भए त्यसमा संलग्न जोकसैलाई कारबाही गरिने बताए ।

‘प्रधानमन्त्री र सरकारमा हिलो छ्याप्ने र औषधि खरिदमा भएको भ्रष्टारकाको कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने काम भयो’, प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा ओलीले भने, ‘जनताको जीवन रक्षा पहिलो प्राथमिकता हो। भ्रष्टाचार यसमा क्षम्य हुँदैन। दोषी पाइए कारबाही हुन्छ।’

उनले दक्षिण एसियामा भारत पछि खोप लगाउने पहिलो देश नेपाल बनेको उल्लेख गरे। सरकारको संयन्त्रले कोरोनाको पहिलो लहरलाई सरकारले नियन्त्रण गरेको ओलीको दाबी छ।

‘सामना गर्न सरकार जुटिरहेको छ। नयाँ नयाँ अस्पताल,आइसीयू, अक्सिजन उत्पादन वृद्धि, भ्याक्सिनहरु मगाउने कार्य भइरहेको छ’, ओलीले भने, ‘हामीलाई थाहा छ भ्याक्सिनको अभाव छ। र, पनि दक्षिण एशियामा हामी भारत पछि पहिलो देश बन्यौं खोप प्रयोगमा।’

 

प्रतिक्रिया दिनुहोस्