३ जेष्ठ २०८१, बिहीबार

 

काठमाडौं उपत्यकामा १५ दिन लकडाउन थप्ने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे सोमवार (आज) उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।

संयुक्त छलफलले थप १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले निषेधाज्ञा थप्नेबारे मङ्गलवार ९भोलि० बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए ।

काठमाण्डौँ उपत्यकामा पहिलो चरणमा गएको १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि फेरि लम्ब्याउँदै आउँदो बुधवार (पर्सि) २९ गतेसम्मका लागि लम्ब्याइएको थियो ।

मन्त्रिपरिषद्ले धेरै सङ्क्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अवस्था हेरेर निषेधाज्ञा र प्रतिबन्ध लगाउने अधिकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्