४ श्रावण २०८३, सोमबार

 

बागलुङमा थप १५ दिन निषेधाज्ञा, जेठ १५ सम्म बैंक, वित्तीय संस्थापनि बन्द

कोरोना भाइरसको महामहारी बढिरहेको भन्दै बागलुङ जिल्ला प्रशासन कार्यालय बागलुङले १५ दिन निषेधाज्ञा थप गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको १० दिनको निषेधाज्ञाको समयसीमा वैशाख ३१ गते भोलि शुक्रबार सकिँदैछ ।

कोभिड संकट नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले आगामी जेठ १५ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

पछिल्लो समय बागलुङमा कोरोना संक्रमण तिव्र बढ्दो छ । बिहीबार मात्रै कोरोना संक्रमणका कारण धौलागिरी अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार अब हुने १५ दिनको निषेधाज्ञामा बैंक, वित्तीय संस्थापनि पूर्ण रुपमा बन्द रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung