३ जेष्ठ २०८१, बिहीबार

 

भूकम्पले १० घर भत्किए, ५ जना घाइते (अपडेट)

लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पाँच जना घाइते भएका छन् । भूकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उनले जानकारी दिए ।

बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।

फेरि लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ८ बजेर २६ मिनेटमा परकम्प गएको वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले जानकारी दिए । पछिल्लो घटनाको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्