३ जेष्ठ २०८१, बिहीबार

 

नवलपरासीको दक्षिणी सीमामा गोली चल्यो, प्रहरीसहित १२ जना घाइते

नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट प्रतापपुर गाउँपालिका कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार आज बिहान भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा उनीहरुले गस्तीमा खटिएका सशस्त्रका सईमाथि चिरपट प्रहार गरेका थिए ।

त्यसपछि स्थानीय र सशस्त्रबीच झडप भएको थियो । झडपमा सईसहित ११ जना सशस्त्र प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सशस्त्रले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्