२६ बैशाख २०८१, बुधबार

 

इन्स्टाग्राममा प्रियंकाको रोमान्टिक अवतार

अभिनेत्री प्रियंका चोपडाले इन्स्टाग्राममा हालै आफ्ना पति निक जोनससँगका केही तस्बिर सेयर गरेकी छन् जसमा उनी निकै रोमान्टिक अवतारमा देखिएकी छिन् ।

केही समय लन्डनमा बिताएपछि प्रियंका र निक अमेरिका फर्किएका हुन् । उनीहरू हालै मात्र बिलबोर्ड्स म्युजिक अवार्डमा सहभागी भए । निकसँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी छन्,‘श्रीमान्‌का लागि प्रशंसाले भरिएको पोस्ट लेख्दै छु ।

मलाई तिमीमाथि गर्व छ । तिमी जे पनि काम गर्छौ, मलाई ती सबैमा गर्व छ । तिम्रो काम गर्ने तरिकाले मलाई हरेक दिन प्रभावित गर्छ ।

आज तिमीले सानदार काम गरेका छौ । आई लभ यू ।’ प्रियंकाले अवार्ड सोमा हाई स्लिट गाउन लगाएकी थिइन् । जुन पहिरनमा उनी निकै आकर्षक देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्