नेपाल वितरक संघ धौलागिरी शाखा बागलुङले बागलुङ नगरपालिका–४ स्थित मुस्लिम बस्तीका कोरोना प्रभावित परिवारलाई दैनिक उपभोग्य सामान सहयोग गरेको छ ।
मुस्लिम समुदायका १८ परिवार र सोही टोलमा डेरा गरी वस्ने ४ विपन्न परिवारलाई सहयोग गरेको हो ।
उनीहरुलाई प्रति परिवार १ क्यारेट अण्डा, ३ पोका सुप, १ थान हेण्डवास लगायतका सामग्री वितरण गरेकोल वितरक संघका अध्यक्ष बद्रि ढुंगानाले जानकारी दिए ।
२२ परिवारलाई प्रति परिवार १५ सय बराबरको सामान सहयोग गरिएको अध्यक्ष ढुङगानाले बताए ।कोरोना महामारीको मारमा परेका आर्थिक अवस्था पनि कमजोर भएका घर–परिवारलाई अन्य संघ सस्थालले चामल,दाल लगायतका खाद्यान्न वितरण गरेको हो ।
कोरोनाका कारण समस्या परेका न्यून आर्थिक अवस्था भएका अन्य परिवारहरुलाई पनि नेपाल वितरक संघ धौलागिरी शाखा बागलुङले सहयोग गर्ने जनाएको छ ।
संक्रमितको संख्या बढेपछि बागलुङ नगरपालिका–४ श्रीनगर टोलदेखि डुङ्डुंगा व्यारेकचोकसम्म सिल गरिएको छ ।
सिल गरिएको क्षेत्रमा कोही पनि प्रवेश गर्न नपाउने गरी रोक लगाएपछि आफुहरुलाई खानेपानी ,दूध तरकारी लगाएतका अत्यावश्यक वस्तु खरिद गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।



















































































































































































































