३ जेष्ठ २०८१, बिहीबार

 

ट्याक्टरको ठक्करबाट शिक्षक शर्माको मृत्यु

बागलुङ नगरपालिका–६ मा टयाक्टरको ठक्करबाट शिक्षक कमला शर्माको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका ४ की कमला शर्मा भएको वडा अध्यक्ष ध्रुव केसीले जानकारी दिए । आज विहान १० बजे वानपा ६ को गैरीखेट गाउँमा ग १ त ६३०३ को टयाक्टरले ठक्कर दिएको थियो ।

मृतक शर्मा वानपा ६ को भिरलाङखुरी आधारभूत विद्यालयकी शिक्षक हुन् । ट्याक्टर सहायक चालक भुवन नेपालीले चलाएको र चालक सूर्य नेपाली भएको वानपा ६ को वडा अध्यक्ष खेमराज सापकोटाले नयाँ विश्वलाई बताए ।

चालक सूर्य नेपाली र सहायक चालक भुवन नेपालीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस्