१७ बैशाख २०८१, सोमबार

 

निषेधाज्ञाले मर्कामा परेकालाई खाना खुवाउन प्रत्यक्ष दृष्टिको आर्थिक सहयोग

प्रत्यक्ष दृष्टि नेपालले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण आम्दानी नभएर हातमुख जोर्न मुस्किल परेकाहरूलाई खाना खुवाउने अभियानमा आर्थिक सहयोग गरेको छ ।

खास गरी दैनिक ज्यालादारीबाट पेट भर्दै आएकाहरूलाई सहयोग लक्षित गरिएको छ ।प्रत्यक्ष दृष्टि नेपालका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ र सचिव विष्णुकुमारी उपाध्याय न्यौपानेले सोमबार संयुक्त रूपमा ३५ हजार रुपैयाको चेक युट्युब पत्रकार संघकी प्रतिनिधि सिर्जना जिरेललाई हस्तान्तरण गरे ।

सोही क्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका संस्थापक अध्यक्ष, पूर्वसांसद तथा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले पनि २५ हजार आर्थिक सहयोग गरेका थिए ।

युट्यूब पत्रकार संघले निषेधाज्ञाले मर्कामा परेकाहरूलाई बालाजुको गंगा हलअगाडि दैनिक खाना खुवाउदै आएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका संस्थापन अध्यक्ष, पूर्वसांसद तथा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य,प्रत्यक्ष दृष्टि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण उपाध्याय,प्रत्यक्ष दृष्टि नेपालका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ ,सचिव विष्णुकुमारी उपाध्याय न्यौपाने, संस्थापक अध्यक्ष राजेन्द्र सेन्चुरीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्थाका सचिव किस्मतजंग राजभण्डारीले गरेका थिए । प्रत्यक्ष दृष्टि नेपालले स्थापनाकालदेखि नै सामाजिक, शैक्षिक, जनस्वास्थ्य, महिला सशक्तीकरण र मानवीय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्