१७ बैशाख २०८१, सोमबार

 

आश्रमलाई सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बानपा ३ गुठीले मानवसेवा आश्रमलाई खाद्यान्न वितरण गरेको छ ।

कार्याक्रमको प्रमुख अतिथि सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बानपा ३ गुठीकी अध्यक्ष लिला देवी खड्काले आश्रम सञ्चालिका विपना तामाङलाई सात हजार एक सय रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएकी हुन् ।

हामी मानव भएका नाताले समाजमा पछि परेका नागरिक र आश्रय लिएर बसिरहेका दाजुभाइ, दिदीबहिनी र बालबालिकाहरूलाई आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

कोरोना कहरको दोश्रो लहरले सर्वसाधारण जनतालाई धेरै नै प्रभाव पारेपछि विगत हामी ५५ दिनदेखि विहान बेलुका छाक तार्न ग्राहो भएका

श्रमिक र विपन्न परिवारहरुलाई हामीले खाद्यान्न वितरण गरी रहेका छौ र अहिले आश्रमलाई महत्व दिएर सहयोग उपलब्ध गराएको र भविष्यमा पनि आवश्यकताअनुसार त्यसलाई निरन्तरता दिने अध्यक्ष खड्काले बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा,सामुदायिक सेवा केन्द्र बाग्लुङकी उपाध्यक्ष सुमन बास्कोटा,महासचिव सावित्री केसी र अध्यक्ष लिला देवी खड्र्काले मन्तव्य व्यक्त गरेकी थिइन्। बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४० जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्