१७ बैशाख २०८१, सोमबार

 

पर्वतमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग २० घण्टादेखि अवरुद्ध, यात्रुबाटैमा अलपत्र

पवर्तको कुश्मा नगरपालिका–८ चुवामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिजो साँझ ७ बजे सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

सोमवार साँझ खसेको पहिरो तत्कालै पन्छाउने प्रयास गरिए पनि राति पुनः पहिरो खसेकाले सडक अवरुद्ध भएको थियो । प्रमुख जिल्ला अधिकारी देवि पाण्डेका अनुसार पहिरो पन्छाउने काम बिहानैबाट भइरहेको छ ।

‘बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ, राति पहिरो बगिरहेकाले पन्छाउन सक्ने अवस्था रहेन, अबको केही समयमा एकतर्फी सडक खुलाउँछौं’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन् ।

लोकमार्गको सडकमा ठूला ठूला ढुङ्गा भएकाले पूर्ण रुपमा खुलाउन साँझसम्म समय लाग्ने उनले बताइन् ।

यातायात ठप्प हुँदा बिरामी तथा अत्यावश्यक कामले पोखरा, काठमाडौं हिडेका र जिल्ला फर्कने हजारौं यात्रुहरु अलपत्र परेका छन् । पहिरोका कारण केन्द्रीय प्रशारण लाइनका पोलहरु पुरिएका कारण पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ चारवटै जिल्लाको विद्धुत सेवा समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्