३ जेष्ठ २०८१, बिहीबार

 

केन्द्रीय कार्यालय परिसरमा चन्द नेतृत्वको नेकपाले रोप्यो १८ सय बिरुवा

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले कपिलवस्तुमा १८ सय बिरुवा रोपेको छ । शिवगढी क्षेत्रमा बन्दै गरेको केन्द्रीय कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको पार्टीले जनाएको छ । उक्त वृक्षरोपण कार्यक्रममा महासचिव चन्दसमेत सहभागी भएका थिए ।

नेकपाले शिवगढीमा केन्द्रीय कार्यालयको निर्माण सुरु गरेको हो । शिवगढीमै पार्टीले जनस्वास्थ्य केन्द्र समेत बनाइरहेको छ । चन्दले गत वैशाख १ गते शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्