३ जेष्ठ २०८१, बिहीबार

 

गुडिरहेका ४ वटा ट्रकलाई पहिरोले पुर्यो, दुई जनाको मृत्यु

फाइल तस्बिर

पहिरोले सडकमा गुडिरहेका ४ वटा ट्रक पुरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत घादिङ बेनीघाट रोराङ गाउँपालिका–१० भएको घटनामा २ जनाको मृत्यु समेत भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिनेमा ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको छ । अन्य २ सवारीको नम्बर खुलेको छैन ।

उल्लेखित नम्बरका ट्रक र कन्टेनरमा सवार एक–एक जनाको मृत्यु भएको छ । ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवन राप्ती नगरपालिका–६ बस्ने १८ वर्षीय वीरबल चेपाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया सोनी देवीको मृत्यु भएको छ । उनी भारतीय रहको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चेपाङको घटनास्थलमै र सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसै घटनामा परी घाइते हुने ३ जनाको पोखरामै उपचार भइरहेको छ ।

पहिरो नरोकिएका कारण पुरिएका सवारीको खोजी गर्न नसकिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्