३ जेष्ठ २०८१, बिहीबार

 

चट्याङमा आफन्त गुमाएको ताराखोलाको कँडेल परिवारलाई प्रशासनले दियो अढाई लाख रुपैयाँ राहत

बागलुङ– ताराखोला गाउँपालिका–२ मा चट्याङ लागेर आफन्त गुमाएको एक परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले आर्थिक राहत प्रदान गरेको छ ।

वैशाख २ गते चट्याङ लागेर मृत्यु भएका खिमानन्द कँडेलको परिवारलाई २ लाख ५० हजार सहयोग गरिएको हो ।

संघीय सरकारबाट प्राप्त २ लाख र प्रदेश सरकारको ५० हजार रुपैयाँ जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कँडेलकी पत्नी शान्ति कँडेल शर्मालाई हस्तान्तरण गरेका थिए ।

कँडेल परिवारलाई थप सहयोग जुटाउनको लागि गाउँपालिकासँग पनि समन्वय गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले नयाँ विश्वलाई बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका ४४ वर्षीय कँडेललाई धौलागिरि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्