३ जेष्ठ २०८१, बिहीबार

 

सिंहदरबारबाट नागरिक अभियन्ता पक्राउ

सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार प्रदर्शनका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, पत्रकार एवम् लेखक नारायण वाग्लेसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्