३ जेष्ठ २०८१, बिहीबार

 

लोकल मदिरा सेवनका कारण ४ मजदुरको मृत्यु

घरेलु रक्सी सेवनका कारण बागलुङमा ४ मजदुरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका ७ मल्म गहिरा खर्क स्थित गलकोट बृहत खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरको ज्यान गएको हो ।

स्थानिय भद्र बहादुर थापाले सञ्चालन गरेको मिलन किराना पसलमा घरेलु मदिरा र बोनस नामक चाउचाउ,पाठक नामक दालमोट र कोकोनट लेखेको बिस्कुट खाएका उनिहरु विरामी परेपछि धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।

मदिर सेवन गरेका २ जना गम्भीर रहेको छ ।  गम्भिर विरामी परेका ३८ वर्षिय खेमराज घर्ती र २६ वर्षिय रबिन्द्र पुनको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी पोखरा पठाईएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए ।

मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाँउपालिका २१ वर्षिय दिपेन्द्र पुन मगर , ३९ वर्षिय दुध बहादुर राना, ५१ वर्षिय रेख बहादुर राना , र ३० वर्षिय प्रबिन घर्ती रहेका छन् ।

प्रहरीले पसल सञ्चालक भद्र बहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्