५ श्रावण २०८३, मंगलवार

 

१० किलो चरेशसहित बागलुङका दुई जना पक्राउ

दाङमा प्रहरीले दश किलो चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । बागलुङको निसीखोला गाउँपालिका १ का २१ वर्षीय सुदिप सिंजाली मगर र बडिगाड गाउँपालिका –२ का ३० वर्षीय रेमबहादुर भुजेललाई १० किलोग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार सुदिप सिंजाली मगरलाई बुधबार दिउँसो ३ बजेतिर गढवा गाउँपालिका – १ धानखोलास्थित हुम्ला रलिङ होटेलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका मगरलाई सोधपुछ गर्दा पूर्व पश्चिम राजमार्गअन्तरगत दाङ कपिलवस्तुको सीमाना क्षेत्र धानखोलादेखि प्रतिबन्धित चरेशको अवैध बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा भुजेललाई प्रहरीले लमही बजारबाट बुधबार बेलुका नै पक्राउ गर्न सफल भएको थियो । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ मा भएको व्यवस्थाअनुसार एक बर्षदेखि तीन बर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैंयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung