२६ बैशाख २०८१, बुधबार

 

१७ वर्षपछि बेन र लोपेज फेरि प्रेममा

पत्रपत्रिकाका गसिप कोलम दुई महिनायता अभिनेता बेन एफलेक र जेनिफर लोपेजको प्रेम–प्रसंगले भरिँदै आएका थिए । पापाराजीहरूको एउटै ध्याउन्न थियो– उनीहरूलाई ठाउँको ठाउँ भेट्टाउनु ।

उनीहरूकै प्रयासले पूर्व प्रेमी–प्रेमिका फेरि एक पटक रोमान्सको उडानमा रहेको खबर बाहिरिएको थियो ।

तर, दुवैले यस विषयमा मुख खोलेका थिएनन् । अन्ततः शनिबार जेनिफर लोपेजले आफैं बेन एफलेकसँग अफेयरमा रहेको खबरलाई औपचारिकता दिएकी छिन् ।

शनिबार ५२औं जन्मदिन मनाएकी उनले बेनलाई किस गरेको तस्बिर इन्स्टामा सार्वजनिक गरेकी छन् । उनले यस्ता चारवटा तस्बिर पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्– ‘५२, यसले के गर्छ रु’ क्याप्सनमा मुटको इमोजी पनि थियो ।

लोपेज र एफलेक पहिलोपल्ट सन् २००२ मा ‘गिग्ली’को सेटमा भेट भएका थिए ।सेटमा भेटेलगत्तै प्रेममा परेका उनीहरूले सोही वर्ष इन्गेजमेन्ट पनि गरेका थिए ।

तर, सन् २००४ मा उनीहरू अलग भएका थिए । त्यसयता बेग्लाबेग्लै जोडीसँग रोमान्स गरेका लोपेज र एफलेक अप्रिलदेखि एकअर्काको साथमा देखिन थालेका थिए ।

जेनिफर एलेक्स रोड्रिगेजसँगको इन्गेजमेन्ट तोडेर बेनसँग नजिक भएकी हुन् भने बेन एना डी आर्मससँगको सम्बन्धबाट अलग भएका थिए ।

प्रतिक्रिया दिनुहोस्