ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो रहेको बताएकी छन्।
नेकपा (माओवादी केन्द्र) धनुषा शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन् ।
केहीदिन अघि पनि उनले बिजुलीको महसुल बढी भएको भन्दै मूल्य समायोजन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
जनकपुरमा मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्ने भन्दै निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरि गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन्।













































































































































































































