१६ कार्तिक २०८३, आईतवार

 

पौडी खेल्न कालीगण्डकी नदीमा गएका दुई जना बेपत्ता

बागलुङ नगरपालिका–४ का दुई किशोर कालीगण्डकी नदीबाट बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिशेक बिक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

उनीहरु आज दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न निरयघाट गएका थिए ।

४ जना किशोर पौडी खेल्न गएकोमा अन्य दुईजना प्रश्न बिक र विशन पुन भने सम्पर्कमा आएका छन् । बेपत्ता दुई किशोरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung