कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा हराएका दुई बालक अझै फेला परेका छैनन् ।बागलुङ नगरपालिका–१ निरघाटनमा ४ जनाको समूह बनाई पौडी खेल्न गएका उनी मध्येका दुई जनालाई कालीगण्डकीले बगाएको थियो ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरका १३ वर्षीय अभिशेक बिक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी ईन्सपेक्टर बिराट शर्मा पौडेलले जानाकारी दिए ।
शनिबारसम्म उनीहरुको निरयघाटदेखि पर्वतको कुश्मासम्म खोजी कार्य भएको भएपनि केहि पत्ता नलागेको उनले बताए ।
खोजी कार्यमा लागि गुल्मका ७, जिल्ला प्रहरी कार्यालयका ७ सुरक्षाकर्मी गरि १४ जना सहित बेपत्ता किशोरका आफन्तहरुले खोजी कार्य गरिरहेका छन् । अन्य जिल्लाबाट पनि प्रहरीले खोजी कार्य गरिरहेको उनले बताए ।



















































































































































































































