४ श्रावण २०८३, सोमबार

 

सर्वोच्चद्वारा पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले पूर्वमाओवादीका नेताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीका गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

चारैजनाले माओवादीकै सांसद बहाल हुन पाऊँ भनी सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले एमाले प्रवेश नगरेको जिकिर गर्दै माओवादी केन्द्रको तर्फबाट सांसद पद कायम गराउन माग गर्दै १३ साउनमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए । यद्यपि उनीहरू एमालेको बैठकमा सहभागी हुँदै आएका छन् ।

२३ फागुनमा सर्वोच्च अदालतले दुई पार्टी एकीकरणपछि बनेको नेकपालाई पूर्ववत् एमाले र माओवादी केन्द्रकै रूपमा कायम गरिदिएको थियो ।

सर्वोच्चको निर्णयपछि उनीहरू एमालेमै रहेर मन्त्री बनेका थिए । एमालेमै रहेपछि उनीहरूलाई माओवादी केन्द्रले संसद् पद खारेज गरी कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung