१८ बैशाख २०८१, मंगलवार

 

प्रिंयकाको आलोचना गर्नेलाई आयुष्मानको जवाफ -‘म आफ्नो जीवन बदल्न तयार छु’

नायिका प्रियंका कार्की गर्भवतीको समयमा सार्वजनिक गरेका तस्बिरले थप चर्चामा छिन् ।

विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो ।

केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन लगाएर बेबी बम्प देखाउँदै गरेको तस्वीर सार्वजनिक भएपछि त्यसले त बहस नै खडा गरिदियो । तर, यी कुराले प्रियंकालाई भने खासै फरक परेको छैन । उनी, यो पलको मज्जा उठाइरहेकी छिन् ।

प्रियंकालाई उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन् । प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक संजालमा एक तस्वीर शेयर गर्दै लेखेका छन्–‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर ।’

प्रतिक्रिया दिनुहोस्