१६ कार्तिक २०८३, आईतवार

 

नेबिको बिस्कुट कारखानामा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा राति २ बजेदेखि लागेको आगो दमकल, पानी ट्याङ्कर र हेलिकप्टरको समेत प्रयोग गरी झण्डै ९ घण्टापछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्षेत्रफल ठूलो भएकाले निभाउन हम्मेहम्मे परेको प्रहरीको भनाइ छ । के कारणले आगलागी भयो भन्ने खुलेको छैन । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung