राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने भएको छ । त्यसैगरी नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने ब्यवस्था गरेको बोर्डले जनाएको छ ।
२०७७ को एसईई परीक्षाको लागि लागि ५ लाख १७ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । कोरोना महामारीका कारण परीक्षा हुन नसकेका कारण यस वर्षपनि विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय एकाइले गरेको प्रमानीकरणका आधारमा परीक्षाफल प्रकाशन गरेको हो ।
परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।



















































































































































































































