कोरोना संक्रमण भएर उपचारका लागि काठमाडौं ल्याइएका बागलुङका एक पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ का ४८ वर्षीय पुरुषको बुधबार बिहान काठमाण्डौंस्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत साउन १९ गते धौलागिरि अस्पतालमा भर्ना गरिएको उनलाई ५ दिन अगाडि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उनको फोक्सोमा समस्या देखिएको थियो । आफन्तहरुले दिएको जानकारी अनुसार बुधबार उनको मृत्यु भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
केही समय अघि मात्रै पोर्चुगलबाट छुट्टीमा नेपाल आएका उनलाई कारोना भाइरसको संक्रमण भेटिएपछि धौलागिरि अस्पतालमा उपचारत थिए ।



















































































































































































