१६ कार्तिक २०८३, आईतवार

 

मानवसेवा आश्रमको भवन बनाउन श्रेष्ठ परिवारद्वारा १ लाख ११ हजार सहयोग

बागलुङ नगरपालिकास्थित मानवसेवा आश्रमको भवन निर्माणका लागि स्थानीय श्रेष्ठ परिवारले आर्थिक सहयोग गरेको छ ।

बानपा–३ समीक्षालय चोकनिवासी सरोजकुमार श्रेष्ठ र रमा श्रेष्ठले १ लाख ११ हजार रुपैयाँ उपलब्ध गराएको आश्रमको संचालिकी सुमिरा लामाले बताइन् ।

श्रेष्ठदम्पतीले आश्रमको भवन निर्माण हुन थालेपछि आफ्नो परिवारका तर्फबाट सहयोग गर्ने भनी पहिल्यै प्रतिबद्धता जनाएको र हालै उक्त रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिका वडा नं २ समीक्षालय चोकका मल्ट्री इलेक्टिकल्स एण्ड टु्ल्स सप्लायर्सका संचालक युवा व्यवसायी सरोजकुमार श्रेष्ठले बताए ।

‘प्रदेश सरकारबाट केही रकम त छुट्टिएको थियोे तर व्यक्तिगत तर्फबाट यो भवन निर्माण कार्यका लागि पहिलो रकम हो,’ मानव सेवा आश्रमका अभिभावक तथा नयाँ विश्व डटकमका प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठले भने, ‘हाम्रो सम्पूर्ण अभिभावक परिवार र आश्रम परिवारका तर्फबाट सम्पूर्ण श्रेष्ठ परिवारमा नमन ।’

मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा रहेको आश्रममा ५३ जना बेसहारा नागरिकहरुले आश्रय लिएका छन् ।अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनि रहेको छ ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा गत आर्थिक वर्ष ७० लाखमा बि ब्लको पहिलो तला ढलान भएको आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए ।यसको लागि गण्डकी प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

आश्रमको भवन निर्माणको लागि २०७८,७९ नयाँ आर्थिक वर्षको लागि गण्डकी प्रदेशबाट ५० लाख र नगरपालिकाबाट १० विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung