७ कार्तिक २०८३, शुक्रबार

 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती सम्मानित

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीलाई सहकारी अभियानको प्रवद्र्धनमा महत्वपूर्ण योगदानको गरेको भन्दै सम्मान गरिएको छ । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले स्थापना गरेको स्वर्गीय गणेशप्रसाद बस्नेत ‘सहकारी अभियन्ता’ पुरस्कारबाट उप्रेतीलाई सम्मान गरिएको हो ।

संस्थाको २७ औं वार्षिक साधारणसभाका अवसरमा उप्रेतीलाई २६ हजारसहित पुरस्कार प्रदान गरिएकाे संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सहकारी बैंक तथा जिल्ला सहकारी संघ काठमाडौं, राष्ट्रिय सहकारी महासंघ लगायतका स्वदेशका संघ संस्थामा नेतृत्व गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेडाकको उपाध्यक्षको जिम्मेवारीमा रहेर समेत सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेकोले उप्रेतीलाई ‘सहकारी अभियन्ता’ पुरस्कार प्रदान गरिएको भट्टराईले बताए ।

संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक समेत रहेका गणेशप्रसाद बस्नेतको स्मृतिमा सहकारी अभियान्ताकाे स्थापना गरिएकाे थियाे ।

झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले शनिवार २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थामा गत असार मसान्तसम्ममा ९ हजार ४ सय ८० जना शेयर सदस्य, ३१ करोड, १४ लाख दुई हजार ६ सय शेयर पुँजी, १ अर्ब ९३ करोड ४ लाख १७ हजार बचत र २ अर्ब ५० करोड २९ लाख ६४ हजार कर्जा लगानी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ५३ लाख ९२ हजार खुद मुनाफा गरेको संस्थाले गत आ.व.मा ८ करोड ६१ लाख ४० हजार रुपैया मुनाफा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung