२६ बैशाख २०८१, बुधबार

 

निर्देशक सुदर्शन र मोडल सुप्रियाले गरे इन्गेजमेन्ट

निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ ।

सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल र्‍याडिसनमा औँठी साटासाट गरे। सुप्रिया मोडल पनि हुन्।

हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्