४ श्रावण २०८३, सोमबार

 

संखुवासभामा ६ जनाको हत्या प्रकरण : प्रहरीले गर्‍याे अभियुक्त सार्वजनिक

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्याको अभियोगमा स्थानीय २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका हुन् । लोकबहादुर नाताले मृतक तेजबहादुर कार्कीका भतिजा पर्छन् । उनले अभियोग स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका मृतक तेजबहादुरले हेप्ने गरेकाले उनको हत्या गरेको र हत्याका प्रत्यक्षदर्शी परिवारका अन्य सदस्यको पनि हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung