७ कार्तिक २०८३, शुक्रबार

 

सिवाईसी सहकारीको १२ औं साधारणसभा सुरू

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १२ औं साधारण सभा सुरु भएको छ । आइतवारबाट सेवाकेन्द्र स्तरीय विस्तारित मञ्च तथा साधारणसभा शुभारम्भ भएको हो । साविक धौलागिरि अञ्चलमा सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीको बागलुङ, म्याग्दी र पर्वतमा २३ वटा सेवा रहेको छ ।

सिवाईसीका २३ वटै सेवा केन्द्रमार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरूको राय तथा सुझाव संकलनसहित प्रतिनिधिमुलक निर्णय सभा असोज ९ गते बागलुङ बजारमा गरिने भएकाे छ ।

विस्तारित मञ्च शुभारम्भको अवसरमा सदस्यहरुलाई सस्थाका सचिव जयराम भारीको प्रगति प्रतिवेदन एवं प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष सितादेवी कँडेल सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सस्थाले आर्थिक वर्ष २०७८ असार मसान्तसम्म १८ हजार ४ सय ६५ शेयर सदस्य, ३२ करोड ५४ लाख ५० हजार शेयर पुँजी तथा कुल सम्पत्ति १ अर्ब ९५ करोड, ७४ लाख पु¥याएको विस्तारित मञ्चमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले चालु आब २०७८/०७९ मा कुल सम्पति ३ अर्ब ५ करोड र सदस्य संख्या २८ हजार ५ सय पुर्याउने लक्ष्य राखेको छ ।

चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरू एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रीत सेवा प्रवाह गर्ने र कास्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छ ।

सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रम समेटेको छ । सहकारीका सदस्यले आफू सदस्य रहेको सेवा केन्द्रमा आगामी ७ गतेसम्म उपस्थित भई सुझाव सल्लाह दिने व्यवस्था गरिएको सहकारीका केन्द्रीय अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

सो अवसरमा सबै सेवा केन्द्रमा उत्कृष्ट सदस्य, असल उद्यमी, असल वचतकर्ता र असल बालबचतकर्तालाई सम्मान गरिएको थियो । सो अवरसमा ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षणका लागि नगद ५ हजारसहित सम्मान गरिएको छ ।

संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागतलगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ ।

एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिस्कल बैकिङलगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिँदै आएको संस्थाले आगामी आवामा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung