१५ बैशाख २०८१, शनिबार

 

खुम्बु पुगेर गायिका इन्दिराले ‘सुटुक्क’ गरिन् इन्गेजमेन्ट (तस्बिरसहित)

गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । खुम्बु पुगेर इन्दिराले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।

उनले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।

उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेकी थिइन् । तर, प्रेमीको नाम भने खुलाएकी थिइनन् ।

उनले आफ्नो फेसबुकमार्फत फोटो सार्वजनिक गरेकी छन् । यसअघि उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्