महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले असोज १० गते मृतकको परिवारलाई बिमा दावी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले बडिगाडं– ४ का बिमित रुपचन्द रेश्मीकी श्रीमती खिमा रेश्मी र दाजु थम्मन रेस्मीलाई ५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । बिमित रेश्मीले २ वर्ष अगाडी ५ लाखको जीवन हेरचाह बिमा छोरीको नाममा लिएका थिए ।
उनको गत वैशाख ३० गते कोरोनाको कारण मृृत्यु भएको थियो । जीवन हेरचाह अन्तर्गतको यो विमा दाबी अन्तर्गत बाँकी रहेको अवधिभर मृतककी छोरीले पढाई खर्च प्रत्येक ३ महिनामा विमांक रकमको २.५ प्रतिशतले पाउने र बिमा अवधी समाप्तिमा विमांक र विमांकले आर्जन गरेको मुनाफा समेत प्राप्त गर्ने छिन् ।
कम्पनीले बडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजाको प्रमुख आतित्थतामा एक समारोहका बीच बिमा दावी भुक्तानी गरेको हो । उक्त कार्यक्रममा कम्पनीका धौलागिरि क्षेत्र प्रमुख जमुना आचार्य, एजेन्सी म्यानेजर खिमप्रकाश काउचा, झरना काउचा, होमवहादुर श्रीस, अमृता पुन, प्रदिप खरेललगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कम्पनीका धौलागिरि प्रमुख आचार्यले बिमाको महत्व सम्वन्धी मन्तव्य राखेकी थिइन् । बडिगाड गाँउपालिका प्रमुख मेहरसिंह पाइजाले आफ्नो भनाई राख्दै बिमाले आर्थिक सुरक्षा प्रदान गर्ने र पीडितलाई थोरै भएपनि आर्थिक सुरक्षा प्रदान गरेको भन्दै कम्पनीलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन बागलुङ शाखा प्रमुख विश्वनाथ आचार्यले गरेका थिए ।













































































































































































































