महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाले बागलुङ बजारमा २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारणसभाले सहकारीको अध्यक्षमा पुनः लिलादेवी केसी खड्का चयन गरेको छ । यस्तै उपाध्यक्षमा लक्ष्मीदेवी जिसी केसी, सचिवमा सावित्री केसी, कोषाध्यक्षमा पम्फाकुमारी किसान, सह–सचिवमा सरस्वती बास्कोटा र सदस्यमा इन्द्र कुमारी थापा, सन्तु खड्का, विद्या खड्का, अम्बिका केसी, खड्का, तारामाया श्रेष्ठ, जोक्स्ना शाक्य चयन भएकी छन् ।
२० औं साधारणसभाले लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ ।
सुमन बास्कोटाको संयोजकत्वकमा तीन सदस्य समिति गठन भएको हो । सरिता रायमाझी र खिमा कार्की खड्का सदस्य रहेका छन् ।
सहकारी शहर र गाउँमा रहेका विपन्न र अशिक्षित महिलाहरुलाई सहकारी अभियानमा सहभागी गराएर उनीहरुको आर्थिक तथा सामाजिक जीवनमा परिर्वतनका लागि केन्द्रीत हुने अध्यक्ष खड्काले बताएकी छन् ।
हामी निकट भविष्यमा आफनै भवनबाट अझ प्रभावकारी सेवा दिन लागेका र शेयर सदस्यको दिगो आर्थिक विकास र महिलाहरुको शसक्तिकरणमा महिला हित सहकारी सधै क्रियाशील हुने उनको भनाइ छ।
कार्यक्रममा सहकारीको सल्लाहकार तथा वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार खड्ककुमारी खड्का, केवी रानामगर, लक्ष्मी जिसी कार्की, शेयर सदस्य तारामाया श्रेष्ठ, विद्यार्थी अनिशा खत्रीलगायतले मन्तव्य राखेका थिए ।
साधारणसभाको अवसर पारेर संस्थाले उत्कृष्ट कर्मचारीमा निशा कुवँर, उत्कृष्ट शेयर सदस्यहरुमा मीनाकुमारी राना, सोभिता आचार्य, मीनादेवी सापकोटा, यमुना शर्मा, कोपिला किसान, लक्ष्मी श्रेष्ठ जीसी, सृजना हरिजन, उत्कृष्ट बाल बचतकर्ता इसान पौडेल, उपसना खड्का, उत्कृष्ट एसईई परीक्षा उत्रिर्ण आसिरा शर्मा, अनिशा शर्मा, र उत्कृष्ट एमिट्यान्स कारोबार तर्फ हिमबहादुर भण्डारीलाई सम्मान गरेको छ ।
२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो । २५ जना महिलाको दुई हजार पाँच सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल ११ हजार १७ सेयर सदस्य रहेका छन् ।
सहकारीको २ करोड ५९ लाख ७० हजार रुपैयाँ सेयर पुँजी छ । सहकारीले संस्थाका शेयर सदस्यको क्षमता अभिवृद्धि र आय आर्जनमा सहयोग पृुगोस भनि प्रौढ कक्षा, ब्युटिपार्लर, अचार बनाउने तालिमदेखि बालशिक्षा, कानुनी साक्षरतादेखि लैंगिक हिंसा न्यूनीकरणसम्मका ४७ वटा तालिम सञ्चालन गरिसकेको छ ।
यसै, गरी संस्थामा ८ करोड ४८ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी र १० करोड २९ लाख ६५ हजार २ सय ९४ रुपैयाँ बचत रहेको संस्थाकी प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिइन् ।
संस्थाले शेयर सदस्यलाई सक्षम र आत्म निर्भर बनाउनका लागि सहकारी शिक्षा, व्यवसायिक तथा आय–मुलक तालिम, लैङ्गिक हिंसाविरुद्ध १४ वटै वडाहरुमा सचेतना कार्यक्रम आयोजन गर्ने गरेको शिक्षा समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष लक्ष्मी जिसी केसीले प्रतिवेदन प्रस्तुत गरेकी छन् ।
साधारण सभामा सचिव सावित्री केसीले प्रगती प्रतिवेदन, कोषाध्यक्ष इन्द्र थापाले आर्थिक प्रतिवेदन, लेखासमिति संयोजक सुमन बास्कोटाले लेखा प्रतिवेदन, शिक्षा समिति संयोजक लक्ष्मी जिसी केसीले शिक्षा प्रतिवेदन र आय व्यय र भवनको प्रगति प्रतिवेदन प्रबन्धक चन्द्रा कार्कीले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रम संस्थाका ज्येष्ठ सदस्य तहलीकुमारी शर्माको प्रमुख आतिथ्यता, अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

























































































































































































































