४ श्रावण २०८३, सोमबार

 

जबरजस्ती करणीपछि रक्तश्राव भएर युवतीको मृत्यु, ९ जना पक्राउ

- शव गाड्न लाग्दा प्रहरीद्वारा बरामद

पर्सा प्रहरीले १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि दाहासंस्कार स्थलबाट शव बरामद गरेको छ । किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो ।

ती युवती भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी हुन् ।

पर्सा जगरनाथपुर–१ का ३५ वर्षीय जफिर मियाँले जबरजस्ती करणी गर्दा उनको रक्तस्राव भएर मृत्यु भएको खबर आएपछि शव बरामद गरिएको प्रहरीले जनाएको छ। मियाँ भने फरार छन् ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बिहीबार अपराह्न शव वीरगञ्ज–१२ मुर्ली कब्रस्थानबाट बरामद गरिएको हो। शव गाड्नका लागि खाल्डो समेत खनिसकिएको थियो।

‘शव गाड्ने क्रममा बरामद गरी अनुसन्धानका लागि अस्पताल पठाइएको छ,’ खनालले भने।

शव नारायणी प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।

शव गाड्ने तयारीमा रहेका किशोरीका आफन्तसहित ९ जनालाई पक्राउ गरिएको खनालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung