२१ भाद्र २०८३, आईतवार

 

नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई ३ दिने मोटिभेसनल तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरीको बाग्लुङ, कुश्मा र बेनी शाखामा कम्पनीका क्षेत्रीय प्रबन्धक तथा सहायक महाप्रबन्धक कृष्ण प्रसाद लम्सालको प्रमुख प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्षेत्रीय प्रबन्धक कृष्णप्रसाद लम्सालले जीवन बिमामा अभिकर्ताको उल्लेखनीय सहयोग गरेकाले बिमा क्षेत्रको विकास सम्भव भएको बताए । लम्सालले जीवन विमा परिवारको बुढेसकालको सहारा पनि भएकाले परिवारको एक सदस्यको रुपमा लिएर बिमा गर्नु अत्यावश्यक भएको बताए ।

सो अवसरमा पेशागत बिमा अभिकर्ता संघ बाग्लुङका अध्यक्ष तथा सिनियर एजेन्सी म्यानेजर रामशरण पोख्रेललले जीवन बिमा कम्पनी मध्य नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई खोजी–खोजी बिमा गर्न आउने बिमितको संख्या बढेकाले कम्पनीको लोकप्रियता बढेको बताए ।

कम्पनीको बाग्लुङ शाखामा भएको कार्यक्रममा शाखा प्रबन्धक महेन्द्र गुरुङको अध्यक्षता, एजेन्सी म्यानेजर निर्मला केसीको स्वागत र शाखा अनराइटर बिमला कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो । सो अवसरमा पेशागत बिमा अभिकर्ता संघ बाग्लुङका प्रमुख सल्लाहकार दिपक सापकोटाले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung