१६ कार्तिक २०८३, आईतवार

 

जन्म दिनको अवसरमा आश्रमलाई २५ हजारको खाद्यान्न सहयोग

लायन्स कलव अफ बागलुङ कालिगण्डकीका जोन चियरपर्सन एमजेएफ लायन अनुप रिजालले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन् ।

युवा व्यवसायी रिजालले जन्म दिनको अवसर पारेर २५ हजार बराबरको खाद्यान्न उपलब्ध गराएको हो ।व्यवसाय र समाजसेवामा सक्रिय रिजालले सामाजिक र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

व्यवसायी अनुप रिजाल र श्रीमती प्रभा रिजालले आश्रममा आश्रितहरुलाई भोजन पनि उपलब्ध गराएको आश्रमकी संचालिका सुमिरा लामाले नयाँ विश्वलाई बताएन ।

बागलुङका युवाहरुको सकृयतामा सञ्चालनमा आएको आश्रम सहयोगकै भरमा चल्दै आएको आश्रमका संचालका शिव खड्काले बताए ।

आश्रममा जन्मदिन, विवाह वार्षिकी, कुनै संघ संस्थाको स्थापना दिवस,स्मृतिमा तथा अन्य कार्यहरुमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४० जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका सरिता गौतमले बताइन्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung