९ जेष्ठ २०८१, बुधबार

 

मानापाथी हिमालमा हिमपहिरो,भागदौड हुँदा दुई शिक्षक र एक विद्यार्थी घाइते

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेको पहिरोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिमपहिरोका कारण स्थानीय त्रसित बनेका छन् ।

धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा आएर खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

हिमपहिरोका कारण थासाङ गापाको वडा(२ को कोवाङ,लार्जुङ,नाउरिकोट,बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो ।

हिम पहिरो खसेका कारण बेनी९जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गर्नु परेको थियो । प्रहरी निरीक्षक अधिकारीका अनुसार मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत तेब्बर भएको थियो ।

धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट उर्लिएर खसेको हिमपहिरोका कारण कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार हिम पहिरोका कारण विद्यालयमा भागदौड हुँदा दुई शिक्षक र एक विद्यार्थीमा गहिरो चोट लागेको छ।

धौलागिरि आधार शिविरबाट ठूलो भिषण हिमपहिरो आयो,विद्यालय शैक्षिक पठन९पाठन चलिरहेको थियो,‘उहाँले भन्नुभयो,’ हिम पहिरो खसेको पत्तो पाएपछि विद्यालयका सबैमा भागदौड सुरु भयो ।’

स्थानीयका अनुसार हिम पहिरोका धक्काको असर कोवाङ,लार्जुङ,बोक्सी खोला र नाउरिकोट समेतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्