१९ बैशाख २०८१, बुधबार

 

घुस्मेलिमा प्रथम पालिका स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

बागलुङको ताराखोला गाउँपालिकामा वार्ड नम्बर ३ घुस्मेलिमा प्रथम मैन्त्रीपुर्ण गाउँपालिका स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

त्रीशुली युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । ८ टिमलाई उछिन्दै सयपत्री हाईड्रोपावरका (विकास रोका र सन्तोष अधिकारी ) प्रथम भएका थिए । भने आयोजक त्रीशुली क्लबका (जीवन बस्नेत र रामनारायण चौधरी ) द्धितिय स्थान हात पार्न भएको त्रीशुली क्लबका सदस्य रविन्द्र चोखालले जानकारी दिए ।

प्रतियोगिता ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अथिति घर्तीले प्रतियोगिताको समापन गर्दै यस्ताखाले खेलले भात्तृत्व बिकास गराउन महत्वपुर्ण भुमिका खेलेको बताए ।

उनले पालिका स्तरको सम्बन्ध बलियो बनाएको भन्दै भौतिक विकास मात्रै विकास नभई सामाजिक विकासलाई पालिकाले उतिकै प्राथमिकता दिएको बताए ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर बिक लगायतले मन्तव्य राखेका थिए । स्वास्थ्य र मनोरञ्जनको लागि खेलकुद भन्ने मुल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकोे कार्यक्रमका अध्यक्ष जीवन बस्नेतले बताए ।

उनले यस्ता खाले प्रतियोगितालाई निरन्तरता दिने बताए । प्रथम, द्धितिय टिमलाई मेडल, प्रमाणपत्र र सहभागि खेलाडिहरुलाई प्रमाण प्रत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्