लामो समय देखी सामाजिक क्षेत्रमा काम गर्दै आएका बागलुङका एक युवाले आफ्नो जन्मदिनको अवसरमा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।
बागलुङ नगरपालिका ४ उपल्लाचौर घर भएका सन्दिप कार्कीले जन्मदिनको अवसरमा बागलुङ नगरपालिका वडा नम्बर १ निर्यघाटमा रहेको रामानुज बृद्धाश्रमलाई खाद्यान्न र नगद गरि ४५०० बराबरको सहयोग गरेका हुन् ।
लियो क्लव अफ बागलुङ कालिकाका पूर्व अध्यक्ष, लियो डिस्ट्रिक ३२५ बि १ नेपालका पूर्व रिजन कोअर्डिनेटर कार्की सुर्यलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाका शाखा प्रबन्धक हुन् ।
लक्ष्मिनारायण मन्दिर सँगै रहेको रामानुज बृद्धाश्रममा पुजारी सहित ६ जना वृद्ध वृद्धा बस्दै आएका छन् । सहयोगकै भरमा संचालन हुँदै आएको बृद्धाश्रममा खाद्यान्न सामाग्रीहरुको अभाव रहेको जानकारी पाए पछि कार्कीले आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई जोगाएर सहयोग गरेको बताए ।
दान, भेटि र सहयोगले मात्र सञ्चालन हुने बृद्धाश्रम आजभोलि सञ्चालन गर्न समेत धौधौ पर्नेगरेको आश्रीत पुरुषोत्तमाताले बताइन ।
लक्ष्मिनारायण मन्दिर सँगै रहेको बृद्धाश्रम दाताको सहयोगबाट प्राप्त भेटि एबं जिन्सि बाट संचालन हुदै आएकोमा कोरोना महामारी पछि सहयोग आउनेक्रम घटेपछि बृद्धाश्रममा रहेका वृद्ध वृद्धाको दैनिक छाक टार्न समस्या हुन छालेको पुजारी हरि गोबिन्द पौडेलले बताए ।



















































































































































































































