९ जेष्ठ २०८१, बुधबार

 

जन्म दिनको उपलक्ष्यमा आश्रमलाई सहयोग

समाजसेवी लालचन्द्र राजभण्डारीले मानवसेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेका छन् । आश्रितहरूको भोजनका लागि राजभण्डारी परिवारले ६ हजार रुपैयाँबराबरको सहयोग गरेको हो ।

व्यवसाय र समाजसेवामा सक्रिय राजभण्डारी परिवारले सामाजिक, धार्मिक, स्वास्थ्य र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।समाजसेवी राजभण्डारीले सहयोग उपलब्ध गराएको आश्रम सञ्चालिका विपना तामाङले नयाँ विश्वलाई बताइन् ।

सहयोग हस्तान्तरण कार्याक्रममा लालचन्द्र राजभण्डारीले जन्म दिनको उपलक्ष्यमा आश्रमलाई सहयोग गरेको र भविष्यमा पनि आश्रमको विकासमा आफूले सहकार्य गर्ने बताए ।

राजभण्डारीले आश्रमको दिगो संचालनको लागि एक लाखको अक्षय कोष स्थापना गरेका थिए ।कार्यक्रममा एभिन्युज टिभीका संम्वाददाता राजेशचन्द्र राजभण्डारी,नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी र आश्रमकी सञ्चालिका विपना तामाङले मन्तव्य व्यक्त गरेका थिए ।बागलुङका युवाको सक्रियतामा सञ्चालित आश्रम सहयोगकै भरमा चल्दै आएको छ ।

आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका विपना तामाङले बताइन् । मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा गत आर्थिक वर्ष ७० लाखमा बी ब्लकको पहिलो तला ढलान भएको आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए । यसका लागि गण्डकी प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्