बिहुँकोट समाज जापानको १५ औँ साधारण सभा तथा ८औँ अधिवेशन टोकियोमा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनबाट घनश्याम
कँडेल अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा दिपक कँडेल ,तोयानाथरिजाल,शिबलाल कँडेल,रामु कडेँल र घनश्याम कँडेल “अर्जुन”रहनुभएको छ । त्यस्तै सचिबमा फणिन्द्र शर्मा,सहसचिबमा राजहरीकँडेल
र अर्जुन कँडेल‘पुष्प ‘ तथा कोषाध्यक्षमा टिकाराम कँडेल सह–कोषाध्यक्षमा नारायण प्रसाद कँडेल र टिकाराम कँडेल सर्वसम्मत निर्वाचित हुनुभएकोछ ।
भने सदस्यहरुमा क्रमश अर्जुन प्रसाद कँडेल,पुर्ण कंडेल,राधिका शर्मा,प्रकाश शर्मा सुवेदी (सन्तोष),राजु कँडेल,यामनाथकडेल,नविन कँडेल,पुर्णचन्द्र शर्मा,राजेन्द्र प्रसाद कँडेल,कृष्ण प्रसाद कँडेल,अर्जुन कँडेल,प्रदिप कँडेल,गोकुल न्युरे,गोबिन्द प्रसादकँडेल,निर्मल क्षेत्री रहनुभएको छ ।
कार्यक्रममा बोल्दै एनआरएनए जापानका सस्थांपक अध्यक्ष राजन प्रधानाङ्गले जापानमा ठुलो हिस्सांमा रहेका बिहुँकोटेहरूकोसुखदुखको सहयात्री बनेकोमा सस्थांको ऊच्च प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा बाग्लुगं समाज जापानका अध्यक्ष प्रेमकँडेल,नबलपुर समाज जापानका अध्यक्ष सागर प्रसाद कँडेल,समाजका सरंक्षक दिपक सुबेदी,सहसरंक्षक डिपी कँडेल,बिहुँकोट समाजजापान कान्साई क्षेत्रिय अध्यक्ष बेद प्रसाद कँडेल,समाजका ऊपाध्यक्ष महेन्द्र प्रसाद कँडेल,टिकाराम कँडेल ,गोबिन्द् प्रसाद कँडेल , ईन्द्रलाल सुबेदी लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा आम्दानी तर्फ १करोड २४ लाख २ हजार ४४ येन र खर्च तर्फ ७१ लाख ६२ हजार चार सय ३० येन तथा बचत ४८ लाख ८१हजार सात सय ४४ येन बराबरको आर्थिक प्रतिबेदन सस्थांका कोषाध्यक्ष रामु कँडेल प्रस्तुत गर्नुभएको थियो भने सचिब शिब कँडेलसस्थांको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
समाजका अध्यक्ष गोपाल शर्मा अशोकको अध्यक्षता ,सचिब शिब कँडेलको संचालन, प्रवक्ता टिकाराम कँडेलको स्वागत तथाऊपाध्यक्ष दिपक कँडेल शुभकामना मन्तब्यमा सम्पन्न भएको थियो ।



















































































































































































































