८ जेष्ठ २०८१, मंगलवार

 

निर्माणाधीन घरबाट खसेर म्याग्दीमा एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ । तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिए । मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्थे ।
मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्