८ जेष्ठ २०८१, मंगलवार

 

भिमापोखरामा शैक्षिक सुधार योजना अन्र्तगत कार्यमुलक अनुसन्धान कार्यशाला

बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर २ मा सञ्चालित बिद्यालय शैक्षिक सुधार योजना अन्तर्गत ५ दिने कार्यमुलक अनुसन्धान कार्यशाला सम्पन्न भएको छ । भिमापोखरामा रहेका ९ वटा कक्षा १–५ तहका शिक्षकहरु सह्भागिता रहेको थियो ।

समापन कार्यक्रममा वडा अध्यक्ष विद्यापति शर्मा, नेकपा एमालेका अध्यक्ष नारयणदत्त रेग्मी, सहभागी शिक्षक गणेश थापा ,प्रशिक्षक चन्द्र बहादुर खडकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागि शिक्षक हरुलाइ प्रमाणपत्र बितरण गरियको थियो । बिद्यालय शैक्षिक सुधार योजनाका अध्यक्ष टिका बहादुर का र्कीको अध्यक्षता जनप्रिय आधारभूत बिद्यालयका शिक्षक गित शर्माको स्वागत र कार्यक्रम अनुगमन समितिका संयोजक अनिल शर्माको सन्चालन मा कर्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्