७ कार्तिक २०८३, शुक्रबार

 

एकता सहकारीको नाफा १ करोड १६ लाख ९३ हजार

‘एकको लागि सबै र सबैको लागि एक’ नारासहित स्थापना भएको एकता सहकारी संस्था लिमिटेड बागलुङको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सम्पन्न साधारणसभामा सहकारीले १ करोड १६ लाख ९३ हजार ७ सय ३३ रुपैयाँ नाफा कमाएको प्रगतिप्रतिवेदन सार्वजनिक गरिएको छ ।

एक हजार १ सय १७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँज ८ करोड ८९ लाख २८ हजार ३ सय रहेको छ ।

३ करोड ४२ लाख ६६ हजार ९ सय ६२ रूपैयाँ १७ प‌ैसा जेगेडा कोष, २७ करोड १८ लाख ५८ हजार १ सय ३५ रूपैयाँ ९७ पैसा बचत, २३ करोड ९४ लाख ६५ हजार ९ सय २३ रूपैयाँ २३ पैसा ऋण लगानी, रहेको सहकारीले आर्थिक वर्ष २०७७–०७८ मा १ करोड १६ लाख ९३ हजार ७ सय ३३ रूपैयाँ ८९ पैसाको खुद नाफा कमाएको छ ।

साधारणसभामा सहकारीमा एक वर्षसम्म उत्कृष्ट कारोवार गर्ने १३ जना शेयर सदस्य र सहकारीमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।

सहकारीले ७० वर्ष उमेर पुगेका ६१ जना जेष्ठ नागरिक शेयर सदस्यलाई १५ सय चाडवाड खर्च प्रदान गरेको थियो ।

साधारणसभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेस्फ्कुनका केन्द्रीय सदस्य चण्डिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसि, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक गोविन्द राजभण्डारी, एकता सहकारी संस्था लिमिटेडका संरक्षक देवबहादुर श्रेष्ठ, सहकारीका पूर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठलगायतले जिल्लामा सञ्चालित धेरै जसो सहकारी संस्थाहरू सहकारीको सिद्धान्त विपरित भएको बताएका छन् ।

सहकारीको सिद्धान्त विपरित चलेका सहकारीमाथि निगरानी गर्ने निकाय चुपचाप रहँदा बचतकर्ताको निक्षेप धरापमा पर्दै गइरहेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । एकता सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष भुपेन्द्र केसी र सचिव महेशचन्द्र प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung